Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धादिङ महोत्सवको तयारी तीव्र,धमाधम स्टल निर्माण हुदै

धादिङ - आठौ धादिङ महोत्सव पुष ७ गते देखि १७ गते सम्म संचालन हुदैछ । महोत्सवलाई सभ्य र भब्य हिसावमा सम्पन्नगर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुलआयोजक समितिले तयारीलाई तीव्र पारेको छ ।
विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी सकिएको जानकारी दिएका छन् । महोत्सव स्थल धादिङवेशी खुल्लामञ्चमा यति बेला धमाधम स्टल निर्माणको कामभइरहेको छ । स्टल निर्माण संगै रमाइलो मेला का सामाग्रीहरु पनि जडान कार्य भइरहेको स्टल निर्माण तथा स्थान ब्यवस्थापन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचनाप्रविधीस्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनीएवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने संयोजकश्रेष्ठले जानकारी दिनुभयो । धादिङ उद्योग बाणिज्य संघको आयोजनामाहुने महोत्सवमा मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहको छ भने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाखभन्दा बढीले हेर्ने अपेक्षागरिएको छ ।

Post a Comment

0 Comments