गल्छी खबर मङ्सिर २। काठमाडौं क्षेत्र नं ५ बुढानिलकण्ठमा नेकपा एमालेका ईश्वर पोख्रेलको टिम पैसा बाड्ने क्रममा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिपक निरौला र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप दंगोल रहेका छन्।
विभिन्न पार्टीका युवाहरु महाराजगन्ज चौकीमा बिरोध जनाउँदै ईश्वर पोख्रेल र दिपक निरौलाको उमेदवारी खारेज गर्न माग गरिरहेका छन्। ईश्वर पोख्रेलले प्रतिनिधि सभा क्षेत्र नं ५ को सदस्यका लागि र दिपक निरौला प्रदेश सभा क्षेत्र नं ५ (२) बाट सदस्यका लागि उमेदवारी दिएका छन्।
0 Comments