Breaking News

6/recent/ticker-posts

Header Ads Widget

ओलीको क्षेत्रमा स्वतन्त्र उमेदवार भट्टराई, 'चुनाव चिन्न क्यामेरा '

गल्छी खबर, कार्तिक २६।  मङ्सिर ४ मा हुने प्रतिनिधि सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट भेषराज भट्टराई क्यामेरा चिन्न लिएर स्वतन्त्र बाट उमेदवारि लिएर चुनावी मैदानमा उत्रिएका छन्।झापा क्षेत्र न.०५मा प्रतिनिधि र प्रदेश सभाको लागि गठबन्धन,एमाले,लिम्बुवान,मंगोल,जनमुक्ति सथै स्वतन्त्रहरुको उम्मेदवारी रहेको छ।



को हुन् भेषराज भट्टराई ?

२०३७/१२/१५ युम्वेदिन ०६, ताप्लेजुङमा बुबा निधुनारायण र आमा देवी माया भट्टराईको कोख बाट दोस्रो सन्तानको रुपमा जन्म लिएका हुन्। उनको एक दाजु र एक भाइ छन् । उनी सानैदेखि एक कुशल र समाजसेवा गर्न रुचि राख्ने व्यक्ति हुन् । उनी सानै उमेरदेखि सत्य र बिकास कसरी गर्ने भन्ने कुरामा विश्वास राख्ने व्यक्ति हुन्



भट्टराई सानै उमेर देखि पढाइमा अब्बल र २०५३मा उनले श्री सिनाम मा.वि ताप्लेजुङ बाट दोस्रो श्रेणीमा उत्तीर्ण गरेका हुन् भने महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट आई. कम र वि.वि.ए उत्तीर्ण गरेका हुन् । उनी कुनै पनि पार्टीको सदस्य नरहेको भट्टराईको भनाइ छ। भट्टराईले विभिन्न समाजिक संस्थामार्फत समाज सेवा गर्दै आएका छन् । उनी याङ्वरक पाथीभरा गाउँपालिका वडा नं ६ मा बसोबास गर्दै आएका छन्। भट्टराई एक सफल फर्निचर व्यापारी पनि हुन् ।



युवा, सहयोगी, बिकास प्रेमी तथा समाजसेवा गर्न रुचि राख्ने भट्टराई झापा क्षेत्र नं ५ का जनताको मन जित्न सफल भएका छन् । 



चुनाव चिन्ह क्यामेरामै मत किन ? 

- झापा क्षेत्र नं ५ का नागरिकहरुका वर्षै देखिका आवाज र समस्याहरुलाई प्रतिनिधि सभा तथा नीति निर्माणको थलो सम्म पुर्‍याउन ,

- भ्रष्टाचार , कमिशनखोरी, काला बजारीकरण रोक्न ,

- अन्तर्राष्ट्रिय हस्तक्षेपमुक्त स्वाधिनता र राष्ट्रियता कायम गर्न 

- दलीय हस्तक्षेप र पुर्वाग्रह मुक्त राजनीतिक व्यवस्था कायम गर्न,



प्रतिबद्धता ।





Post a Comment

0 Comments