गल्छी खबर, असोज ०७। युवा शक्ति सामुदायिक विकास समाज परिवारले आयोजना गरेको 7/A SIDE नकआउट फुटबल प्रतियोगितामा शुभारम्भ युवा समाज गल्छीले सेमिफाइनल यात्रा तय गरेको छ।
शुभारम्भ युवा समाज र केउरेनीटार 'बी' बीच भएको प्रतियोगितामा १-० को अन्तरले शुभारम्भ युवा समाज विजयी हुदै सेमिफाइनल पुगेको छ।
खेलको पहिलो हाफमा प्रशान्त चौधरीको १ गोलले अग्रता राखेको शुभारम्भ युवा समाजको त्यो नै निर्णायक गोल रह्यो।
शुभारम्भ युवा समाज सगैं गजुरी, शिवदल गजुरी ब्यारेक र आयोजक टिम युवा शक्ति सामुदायिक विकास समाज परिवारले पनि आज भएको खेलहरुबाट सेमिफाइनल यात्रा प्रवेश गरेको छ।
युवा खेलाडीहरुलाई थप उर्जा प्रदान गर्न कार्यक्रममा अतिथिको रुपमा श्री शिवदल गणका सेनानी कपिल कुमार सिंहलाई आमन्त्रण गरिएको थियो।
तस्विर: अतिथिलाई मायाको चिनो प्रदान गर्दै आयोजक
युवा शक्ति सामुदायिक विकास समाज परिवारका अध्यक्ष राजन न्यौपानेका अनुसार १८ टिम सहभागी रहेको यस प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५५,५५५/- , मेडल र प्रमाण पत्र त्यसैगरी द्वितीय हुनेलाई रु २५,५५५/-, मेडल र प्रमाण पत्र रहेको छ भने सर्वाधिक गोलकर्ता र सर्वाधिक गोलरक्षकलाई पनि नगद रु २,५००/-, मेडल र प्रमाणपत्र प्रदान गरिने बताएका छन्।
युवा शक्ति सामुदायिक विकास समाज परिवारले आयोजना गरेको 7/A साइट फुटबल प्रतियोगितामा आज सम्पन्न खेलको नतिजा सारशंमा यस्तो रहेको छ।
क) मेन्दोमाया युवा समाज - (१) vs ताल्ती फुटबल क्लव - (३)
मेन्दोमाया युवा समाजका रेशम गुरुङले १ गोल गरे भने ताल्ती फुटबल क्लवका दिनेश गुरुङले २ र अजय वि.क.ले १ गोल गरेका थिए।
ख) शिवदल गजुरी ब्यारेक - (४) vs लालिगुराँस युवा क्लव - (०)
शिवदल गजुरी ब्यारेकका मोहन सिंह बोहरा र चिरञ्जीवी थापाले १/१ गोल र सरोज श्रेष्ठले २ गोल गरेका थिए
ग) गजुरी - (४) vs हाईवे स्पोर्टस क्लब - (१)
गजुरीका दिपेश क्षेत्री, विकास मगर, रिजन डल्लाकोटीले १/१ गोल र असिम मल्लले Own Goal गरे भने हाईवे स्पोर्टस क्लबका मनिष मगरले १ गोल गरेका थिए।
घ) शुभारम्भ युवा समाज - (१) vs केउरेनीटार 'बी' - (०)
शुभारम्भ युवा समाजका प्रशान्त चौधरीले १ गोल गरेका थिए।
ङ) शिवदल गजुरी ब्यारेक - (३) vs अरुणोदय युवा क्लव - (०)
शिवदल गजुरी ब्यारेकका सरोज श्रेष्ठ, सरोज वलीले १/१ गोल र सञ्जय माझीले Own Goal गरेका थिए।
च) ताल्ती फुटबल क्लव - (०) vs युवा शक्ति सामुदायिक विकास समाज परिवार - (२)
युवा शक्ति सामुदायिक विकास समाज परिवारका अनिल मगर र सञ्जीप विष्टले १/१ गोल गरेका थिए।
0 Comments