गल्छी खबर, असोज ०९। युवा शक्ति सामुदायिक विकास समाज परिवारले आयोजना गरेको 7/A SIDE नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले नै जितेको छ।
धादिङको गलौदी स्थित एन्फा खेल मैदानमा भएको फाइनलमा आयोजक टिमले शिवदल गण गजुरी व्यारेकलाई २-० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफको खेलमा बराबरी रहेपनि खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै दोस्रो हाफको सुरुवात मै १ गोलले अग्रता लिएको आयोजक टिमलाई केही बेरमै अर्को गोल गर्ने अबसर मिल्यो। आयोजक टिमका लागि अनिल मगर र सञ्जीव विष्टले १/१ गोल गरेका थिए।
एकै खेलमा ११ गोल गरेका रक्तबच्छता क्लव, गल्छीका सुनिल राई प्रतियोगिताको सर्वाधिक गोलकर्ता भए भने उत्कृष्ट गोलकिपरको अवार्ड आयोजक टिमका मनोज तामाङले जिते। विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठले पुरस्कृत गरे भने सोहि अवसरमा आयोजकको तर्फबाट श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो।
पाँच दिन चलेको प्रतियोगितामा १८ टिम सहभागी थिए।
0 Comments