गजल!!
च्यातिएको झोलामा लाखौ सपना छन कसैका
रहर को खुत्रुकेमा करडौका गहना छन कसैका ।।
बालुवाको महल चुलाइ ढुङ्गा माथी सुते पनि,
रुखमा चढी आकास छुने चाहना छन कसैका ।।
एउटै छिन आमा खुवाइ सन्तान आफै अघाउछिन
पटुकी कस्ने र फ्याक्ने फरक बाहना छन कसैका ।।
यहि त फरक छ महोदय पढ्ने ले कलम चलाउछ
पर्ने ले जीवन , माहोल बदल्ने रचना छन कसैका ।।
मेहनत पछि फल हुनैपर्छ यस्ता अर्चना छन कसैका
मरेर पनि नमेटिने अति महङ्गा तिर्सना छन कसैका ।।
गंगा प्रसाद भट्टराई ।
0 Comments