Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला शनिवार हुने

गल्छी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ गते शनिवार गल्छी गाउँपालिका स्तरीय भेला गर्ने भएको छ।



रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराए सगैं अहिले लामिछानेका समर्थकहरु जता ततै देख्न पाइन्छ यहि सिलसिलामा लामिछाने अहिले हरेक जिल्ला र गाउँ टोल दौडघुप गरिरहेको छ्न। टेलिभिजनमा देश तथा विदेशमा बस्ने नेपालीहरुको समस्या सुन्दै आएका लामिछाने अब चुनाव जितेर देशको प्रधानमन्त्री बन्ने होडमा छ्न।


बेथिति र भ्रष्टाचार विरुद्ध मुल नारा बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी अचेल टोल टोल धाईरहेका छ्न। हाम्रोलाई होइन राम्रोलाई छानौ, बा हरुलाई ससम्मान बिदा गरौ भनेर अहिले युवा पुस्ताहरु लागि परेको देख्न सकिन्छ। यसै क्रममा धादिङमा पनि विभिन्न नगर र गाउँपालिकाहरुमा कमिटी गठन एवं भेला आयोजना भैरहेको छ। धादिङ जिल्लाबाट सभापतिमा सुर्यमणी पाठक उपसभापति भिनोस तामाङ (नकुल) र सचिवमा भिमसेन खनाल (हाईटी ठिटो) नियुक्त भएका छ्न। यसै गरि आउदो शनिवार अर्थात असोज १ गते गल्छी गाउँपालिकामा पनि पालिका कमिटी र वडा कमिटी गठन हुने भएको छ। जिल्ला सचिव खनालका अनुसार परिवर्तन चाहने युवाहरुलाई सहभागीता जनाएर आफ्नो गाउँ समाजको बेथिति बारे बोल्न र समस्याहरु राख्नको लागि यो भेला आयोजना गरिएको हो उक्त कार्यक्रम गल्छी छाङ्गेश्वर मन्दिर परिसरमा हुनेछ।


खनालका अनुसार समाज परिवर्तन गर्न चाहने व्यक्तित्वहरु उक्त भेलामा उपस्तिथि भएर अन्तरक्रिया र परिचयात्मक कार्यक्रमहरु हुनेछन। विचार र व्यक्तित्व हेरेर राज्य प्रति जिम्मेवार व्यक्तिहरुको कमिटी गठन गरिनेछ। उक्त भेलामा केन्द्रिय सदस्य  र धादिङका चिर परिचित व्यक्तित्वहरुको उपस्तिथि हुनेछ। 


खनालले भेलामा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन हुन सम्पुर्ण धादिङ बासी र गल्छी गाउँपालिकामा आवद्ध भएका स्वतन्त्र ब्यक्तिहरुमा आग्रह समेत गरेका छन्।

Post a Comment

0 Comments