Breaking News

6/recent/ticker-posts

Header Ads Widget

दसैँदेखि साल्ट ट्रेडिङको तोरीको तेल

काठमाडौँ– दैनिक उपभोग्य सामग्रीको उत्पादन, आपूर्ति र बजारीकरणको जनजिब्रोको नाम बन्न सफल साल्ट ट्रेडिङ कर्पोरेशनले ०७९ को दसैंदेखि तोरीको तेल उत्पादन गर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको हो ।



विभागीय प्रबन्धक बज्रेशकुमार झाका अनुसार कर्पोरेशनले तोरीको तेल उत्पादन गरेसँगै स्थानीय र नेपालभरिमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेल पाउने विश्वास जताएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले स्थापना कालदेखि नै उपभोक्ता मैत्री सेवाभावले व्यापार बढाउँदै गएको छ । हाल आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनको कारोबार लगातार बढ्दै गएको छ ।

झाका अनुसार आर्थिक वर्ष २०७३–७४ मा ८ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो भने आव २०७४–७५ मा ९ अर्ब ६८ करोड, २०७५–७६ मा ८ अर्ब २५ करोड, २०७६–७७ मा ९ अर्ब ७४ करोड र २०७७–७८ मा १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको थियो । कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठका अनुसार अझ बढी सक्रियताका साथ उपभोक्ता मैत्री समाजसेवाको दायित्वसहित साल्ट ट्रेडिङको लक्ष्य बढाउँदै जाने उद्देश्य रहेको छ ।

साल्ट ट्रेडिङले आव २०७७–७८ मा ५ करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेशन ६०औँ वर्षमा प्रवेश गरेको छ । सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन सफलता साथ अगाडि बढिरहेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा सहजरुपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले बहुउद्देश्य लिएर उपभोक्ता मैत्री संगठनका रुपमा सफलता हासिल गरिरहेको छ ।

६०औँ वार्षिकोत्सवका अवसरमा कर्पोरेशनकी कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थालाई नमूना संस्था बनाउने उद्देश्यका साथ आफूहरूले काम गरिरहेको बताउनु भयो । यही अवसरमा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्ततिलाई दुई वर्षसम्म मासिक तीन हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । 

Post a Comment

0 Comments