Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीका कार्यकर्तालाई प्रशिक्षण दिदै मन्त्री चौधरी

गल्छी खबर – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)गल्छी गाउँ कमिटीले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण गराएको छ।




चुनाव नजिकिए सँगै पार्टी पोलिटब्युरो सदस्य एवं शहरी विकास मन्त्री माननीय मन्त्री मेटमणी चौधरीलाई धादिङ गल्छी ल्याएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गल्छी गाउँ कमिटीले कार्यकर्तालाई प्रशिक्षण दिएको हो । प्रशिक्षणका क्रममा नेता चौधरीले कार्यकर्ताहरुलाई आफ्नो कार्यक्षमता वृद्धि गर्दै निर्वाचनमा केन्द्रिय भएर लाग्न निर्देशन दिए ।





प्रशिक्षणमा गल्छीबाट नेतृत्व गर्नुहुने जिल्ला कमिटी सदस्य र भातृ संगठनमा आवद्ध नेता कार्यकर्ता सहभागि थिए । 






प्रशिक्षणमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अनुशासन आयोग सदस्य कृष्ण हरी श्रेष्ठ सहित जिल्ला सचिव सुवास खतिवडा, तामाङ महासंघका केन्द्रिय उपाध्यक्ष विर बहादुर तामाङ लगाएत नेताहरु पनि सहभागि थिए ।







चुनावको मिति घोषणा भएसंगै पार्टी प्रशिक्षण र भेला गोष्ठीमा दलहरू सक्रिय हुन थालेको छन् । केन्द्रीय नेता लगायत जिल्लाका नेताहरु पनि गाउँ-गाउँ धाउन थालेका छन् ।

Post a Comment

0 Comments