Breaking News

6/recent/ticker-posts

Header Ads Widget

हे मेरी आमा:- रोशन पोखरेल

हे मेरी आमा, ममताकी खानी यसपालीको तीजमा नि आउन सकिन छोरी सानी छ, श्रीमान् परदेश छन् सासु ससुराको नि स्याहार गर्नुछ । सेते गाई र काली भैसी नि छ वन पाखा गर्दै घाँस दाउरा नि ल्याउनु छ विहानीको घामसँगै उठ्दै खेतबारीमा धानसँगै रमाउनु नि छ । हे मेरी आमा, ममताकी खानी तिम्रो सम्झना मेरो मुटुभरि छ बा'का कर्मठ पाइला म कसरी भुलु म आउँछु भन्दै कति रमाएका हुन् । बा'ले पकाउने दर यसपाली नि खान जुरेन साथीसँग रमाउने पल झन् टाढा भयो हे मेरी प्यारी आमा, म तिम्री अभागी छोरी यसपालीको तीजमा नि आउन सकिन । पुरानो यादहरु सम्झँदा मुटु पोल्छ तिम्रो काखमा बसेको हिजो जस्तै लाग्छ तिमी तराईको भेदमा, म पहाडको काखमा म तिम्री मुटुको टुक्रा, तिमी मेरी प्यारी आमा । म तीजमा आइन भनेर दुखी नहुनु छोरी नि पराई भई भनेर चिन्ता नलिनु म टाढा भएनि मेरो मन तिमीसँगै छ तिम्रै सम्झनामा मेरा दिनहरु वित्दैछ । हे मेरी प्यारी आमा, तिम्रो सम्झना मुटुभरि छ सम्झनाका ति पलहरु आज पनि ताजै छ तिम्रो स्नेह आज पनि मलाई खाचो छ बा'का उपदेश मेरा दिमागमा अझै ताजा छ । रोशन पोखरेल ।

Post a Comment

0 Comments