गल्छी, धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ६ मा पारिवारीक सामुदायिक विद्यालय फेला परेकाे छ । उक्त वडाकाे वागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ससुरा गाेविन्द प्रसाद धिताल, शिक्षिका कान्छी बुहारी पार्वती धिताल र विद्यालय कर्मचारीमा माइली वुहारी अन्जना धिताल रहेकी छन् ।
विद्यालयमा खाली हुन आएका पदमा अध्यक्षले आफ्ना परिवारलाइ जागिर दिएकाे भन्दै गाउँलेहरुले विराेध गरेका छन् । गाउँमा अरु सक्षम हुँदाहुँदै पनि विद्यालयमा परिवारका सदस्यहरुलाइ मात्रै प्रवेश दिएकाे भन्दै स्थानीय अभिभावकहरुले गुनासाे गरेका छन् ।
शिक्षककाे प्रतिस्पर्धामा उतीर्ण हुन नसकेपछि उनले माइली बुहारीलाइ कार्यालय सहयाेगमा जागिर लगाएकाे आराेप छ । गाउँपालिका नजिकै रहेकाे वडा भएपनि यस अघिका जनप्रतिनिधिहरुले थाहा नपाए जस्ताे गर्ने गरेकाे स्थानीयहरुले बताएका छन् । विद्यालयका प्रधानाध्यापक बैकुण्ठ रिमालले विद्यालयकाे आर्थिक काराेवार अहिले सम्म अभिभावकहरु समक्ष सार्वजनिक समेत गरेका छैनन् । आर्थिक अनियमितताकाे आराेपमा परेका रिमाल सरुवाकाे तयारीमा अघि सरेका छन् । विद्यालय व्यवस्थापन समितिकाे म्याद सकिएकाे २ वर्ष हुँदा समेत गठन प्रक्रिया अघि बढ्न सकेकाे छैन ।
स्रोत: मनास्लु डट कम
0 Comments