गल्छी खबर। नेकपा माओवादी केन्द्र गल्छी गाउँपालिका संगठन समितिले शिक्षाक्षेत्रमा बेथिति भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ।
माओवादी केन्द्र गल्छीका अध्यक्ष रामशरण सिन्चुरीको नेतृत्वमा गएको टोलीले आज गल्छी गाउँपालिका वडा नं ६ बाहुनपलाङमा रहेको बागेश्वरी आ.वि. मा लापरबाही, बेथिति र मनोमानी गरिएको विषयमा ध्यानाकर्षण भएको भन्दै यस्ता कुरामा वेवास्ता गरे यसबाट निम्तने समस्याको जिम्मेवार लिन तयार रहनुस भन्दै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
0 Comments