Breaking News

6/recent/ticker-posts

Header Ads Widget

जनकल्याण मा.वि. मा चरम लापरबाही

गल्छी खबर,भाद्र - ६। गल्छी गाउँपालिका वडा नं ४ मा रहेको  जनकल्याण मा.वि मा शिक्षकको र विद्यालयको चरम लापरबाही भएको पाईएको छ।


विद्यालयमा पढाई हुने विषय स्थानीय पाठ्यक्रम (हाम्रो गल्छी) को कक्षा २ को प्रथम त्रैमासिक परिक्षामा सोधिएको प्रश्न " हाम्रो विद्यालय रहेको वडाको वडा अध्यक्ष को भनेर सोधिएको छ जुन विद्यालय गल्छी गाउँपालिका वडा नं ४ मा पर्दछ र त्यस वडाका वडा अध्यक्ष राजु अधिकारी हुनुपर्नेमा विद्यार्थीले सहि लेख्दा लेख्दै पनि कापी चेकगर्ने शिक्षकले काटेर दिपक कार्की भनेर गलत ढंगले कापी काटिदिएका छन्।




सामुदायिक विद्यालयमा पठन पाठन निशुल्क भनेर राज्यले नै तोकिदिएको अबस्थामा पनि सोही विद्यालयले विभिन्न बहानामा विद्यार्थी सगं रकम असुल्ने गरेको जानकारी आएको थियो सो जानकारी पश्चात हामीले बुझ्दा विद्यालय सुधार भनेर UKG मा पढ्ने विद्यार्थी सगं रु.१२०० र बस भाडा २ महिनाको भनेर रु. ७०० लिएको पाईयो।




Post a Comment

0 Comments