गल्छी खबर। हाईवे बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई अभिमुखीकरण तालिम दिएको छ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख अतिथिमा संचालन गरिएको तालिममा प्रमुख प्रशिक्षक संस्थाका संस्थापक अध्यक्ष नेत्रराज पौडेलले सहकारी संचालनमा नेतृत्वमा रहने सदस्यहरुलाई आवश्यकता पर्ने भुमिकाहरुको बारेमा जानकारी दिनुभयो।
२०६३ सालमा ४७ जनाबाट स्थापना गरिएको हाल ४०९१ सदस्य रहेको यस संस्थामा अबका दिनमा नेतृत्व लिन चाहने सदस्यहरुलाई यो तालिमको आवश्यकता रहेको र पहिलो पल्ट यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष उमा सिंखडाले गल्छी खबरलाई बताउनुभयो। रु. ५ लाख १० हजारबाट सुरु गरिएको यो सहकारीमा हाल रु.२ करोड ७७ लाख पुँजी रहेको छ।
0 Comments