कबिता :- "चिहानकी परी" ; शब्द :- अमृत कुमार श्रेष्ठ
अझै पनि त्याे चिहानलाई हरेर
म जिउँदाे छु जस्ताे लाग्छ
कसैले रगतले लतपत भएनि
अलि अलि ढुक्ढुकिमा मेराे शरीर भेट्छ जस्ताे लाग्छ
कसैले म चिच्याईरहेकाे आवाज सुन्छ जस्ताे लाग्छ
कसैले मेरा कलिला छातीमा दुष्टकाे हात नपुग्दै
देख्छ कि जस्ताे लाग्छ
याेनीबाट बगिरहेकाे रक्तश्रावलाई बेलैमा
राेकिदिन्छन् जस्ताे लागछ
पीडाले बेहाेसिएकि म ,
मेराेे घाँटी नथिचिदै कसैले बचाउँछ जस्ताे लाग्छ
छाेरी! एक्लै नहिँड ल
छाेरी! समयमै घर आउ ल
छाेरी! जहाँ पाए यहि नजाउ ल
छाेरी! जेसँग पनि घुलमिल नहाेउ ल
यी मेरालागि परिबन्ध थिएन रहेछ
म माथि कुदृष्टी लगाउनेकाेलागि परिबन्ध रहेछ
काेपिलामा फुल चुँडाउन मन पराउने हरूले
भर्खर खुल्दै गरेकि म
रजस्वलाकाे अनुभव बटुल्न नपाउँदै
सदाकाे लागि चुडिदिए
त्यस पापीलाई नाताले मैले आफ्नै भन्ने गर्दथेँ
मिल्ने भए म गएर बताउथेँ
त्याे कालाे रातकाे कालाे करतुत
मेरी आमा मेराे लागि बर्षाे भयाे न्याय खेज्न हिडेकि
अस्ति भर्खर न्यायकाे आशमा
मेरा बा"काे पनि सास राेकियाे रे
आमा!मुत्युपछि भाग्ने ठाउँ त्यसकाे पनि कतै छैनन
म त एकछिन दुख पाए
अनि विलिन भएँ
त्यसलाई पापले जिन्दगीभर पिराेल्नेछ
म मरेकाे ठिक थ्याे
लुगामा लागेकाे रगतकाे धब्बा भन्दा धेरै
इज्जतमा धब्बा लाग्नेथ्याे
जिन्दगीभर फेरि पिराेलिदै बाँच्नु पर्दथ्याे
छि: छि दुर् दुर् भन्दा मलाई यहि ठिक छ
मलाई दानवता पालेर बसेकाे मान्छे भन्दा
अलिकति मानवता बसेकाे दानव ठिक छ
यता त म जस्ताे हजारौं छाैँ
हामी त चिन्तन मात्र गर्न सक्छाैँ
बाँकि छाेरी बचाउने जिम्मा तिम्रै हाे
मेरा लाशमाथि चढाईएका फुलले
मेराे आत्मालाई पक्कै शान्ति दिदैन
न त सञ्जालमा लेखिएका गहकिला शब्दले
मेरालागि शान्ति कुनै साहित्यले दिदैन
हरेक छाेरी बचाउन तिमी आफै बाँच्नपर्छ
किनकि त्याे मेराे आफ्नै चिहान हाे
अनि म मरेका बर्षाे भइसक्याे !!!
0 Comments