कविता - आउ फर्केर छिट्टै घर शब्द - दिनेश त्रिपाठी
सन्ध्यामा बत्ती बल्दैन तिमी बिना शून्य छ यो मझेरी।
खोज्दै छ वरिपरि तिमिलाई नै डुल्दै रुँदै झ्याँउकिरी
पर्खाईमा कति रात बिते अचेल खै लाग्दैन कुनै भर?
अनिदो छु हर रात एक्लै यहाँ आउ फर्केर छिट्टै घर ।।
सोध्छ्न् सबै मलाई नै यहाँ कहाँ छिन् आमा भनी?
तिमिलाई दुख्दा दुख्थ्यो ती घाउ लगिनौ मलाई पनि
जतिsss दुर छौ ममता छ तिम्रै हिर्दय भरि यो तर
यादै यादले म जलिसकेँ आउ फर्केर छिट्टै घर।।
रुँदा रुँदै तन सुके मेरा मन पनि कति रुँ अझै अरु?
"म माम खाँदै खान्न आजबाट भोकै बसिदिन्छु बरु"।
आईज न चरी फुरफुर गर्दै शैय्या बाट लिई खबर।
बाबालाई पनि साथ लिई आउ फर्केर छिट्टै घर।।
दुख्छ यो हृदय सम्झनामा छ्चल्किन्छ आँखा किन?
मलाई नै रुवाउन बर्सन्छ यो बर्सातको झरी किन?
गोठाला,लाठे फर्की आए मेला वनबाट फर्केनौँ तर,
नयाँ नाना पापा चाचा लिई आउ फर्केर छिट्टै घर।।
0 Comments