Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बहु प्रतिभासाली गायक चोलेन्द्र पौडेलको 'सौता सौता' चर्चामा

गल्छी खबर साउन २। लोक दोहोरी क्षेत्रमा स्वरको धनी बहु प्रतिभासाली गायक चोलेन्द्र पौडेलको नयाँ तिज गीत "सौता सौता " दुई हप्ता नहुदै चर्चाको शिखर चुम्न सफल भएको छ।
चोलेन्द्र पौडेल उनी आफैंमा एक बहु प्रतिभासाली गायक हुन्। उनले तीजको गीत मात्र नभएर लोक दोहोरी, भजन, सालैजो, जस्ता विभिन्न संगीत आफ्नो श्रोता बीच प्रस्तुत गर्ने गरेका छन्। पौडेलले "सौता सौता" तीज गीत डिजिटल स्टार पोखरा नामक युट्युब च्यानलबाट रिलिज गरेका हुन् । उनको यो गीतमा आज सम्म ३ लाख १५ हजार भ्यू भइसकेको छ भने ३ हजार ८ सय लाईक प्राप्त गरेको छ। त्यसैगरी उनको यो गीत युट्युबमा मात्रै नभएर टिक टक मा पनि दर्शक श्रोताले अत्यन्तै रुचाएका छन्।
तीजका गीत प्रायः जसो मिहिला दिदिबहिनी, सासू बुहारी, नन्द भाउजुका कथालाई समाबेश गरेर लेखिने गरिन्छ। 'सौता सौता' यस गीतमा भने उनले २ वटा श्रीमतीको बीचको झगडा र समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा गरेको देखिन्छ । पौडेलको यस गीत मौलिकतामा आधारित उनले बताएका छन्।
पौडेललाई फिमेल भोकलमा गायिका रिना के.सी र सीता के.सीले साथ दिएका छन्। लिरिक्स भने चोलेन्द्र पौडेल र सावित्री अधिकारी (न्यौपाने ) लेखेका हुन्। "सौता सौता" गीतमा म्युजिक पौडेल आफैंले दिएका हुन् भने म्युजिक एरिन्ज, ड्राइरेक्सन भने तारानाथ आचार्यले गरेका हुन्। यस गीतका मोडल दिवाकर भण्डारी (सापटी), सरस्वती फुयाल र सविना क्षेत्री रहेका छन्। त्यसै गरि क्यामेरामा साथ गणेश सापकोटाले र रिलिज डिजिटल स्टार पोखरा द्वारा गरिएको छ। गीतको लिन्क तल ।

Post a Comment

0 Comments