गल्छी खबर साउन १। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को उपाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले निर्वाचित भएका छन् ।
असार ३१ काठमाडौंमा भएको ९ अौं अधिवेशनको दोस्रो कार्यकालका लागि काफ्ले उपाध्यक्षमा निर्वाचित भएका छन् । १७ भोट मध्य काफ्लेले ११ भोट प्राप्त गरि सानदार जित हासिल गरेका हुन् भने उनको बिपक्षी पीयूष आनन्द ले ६ भोट प्राप्त गरेका हुन्। त्यसैगरी अध्यक्ष भने सर्वसम्मतिले भाष्कर सिंह लाला निर्वाचित भएका हुन्।
काफ्ले लामो समयदेखि चार्टड एकाउन्टेन्स्को रुपमा काम गर्दै आएका छन्। काफ्ले रामेछापको स्थानीय बासिन्दा हुन् भने उनि एक सफल चार्टर्ड एकाउन्टेन्टका रुपमा चिनिन्छन्। काफ्ले उपाध्यक्ष भए सँगै "आफनो कार्यकालमा संस्थालाई थप उचाइमा पुुर्याउन सक्दो प्रयत्न गर्ने" बताएका छन्।
आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवर्द्धनको काम गर्दै आएको छ ।
0 Comments