Breaking News

6/recent/ticker-posts

Header Ads Widget

आउनुहाेस् एकछिन बहस गराैँ :- अमृत कुमार श्रेष्ठ

कविता-"बहस " शब्दः अमृत कुमार श्रेष्ठ


आउनुहाेस् एकछिन बहस गराैँ 
सुध्ररिने न तपाईं न हामी 
आफ्नाे विवेकले भ्याएसम्म 
आफ्नाे ज्ञानले दिएसम्म 
विषयवस्तु ??
त्याे त बजारमा भाइरल जति छन् !
क देखि ज्ञ सम्म ..अदेखि अ: सम्म
५ मिनेट साेच्न ....५ मिनेट लेख्न
बुझ्न??
त्याे पर्दैन !!
न गर्नेले बुझे , 
न देख्नेले बुझे 
न लेख्नेले बुझे 
विज्ञहरू जन्मिने बहसबाट हाे 
भुगाेल .....मुगाेल ....बाढी ...भुकम्प
चियादेखि देश बेच्ने 
कानुनले नभेटेकाे दाेषी भेट्ने
सरकारले नदेखेकाे कर्णाली देख्ने 
मिनेटदेखि घन्टाैंसम्मकाे बहस गराैँ
कतै देश बनिहाल्छ कि
कतै निमुखाले अधिकार पाइहाल्छन् कि
कतै बलत्कार राेकिहाल्छ कि
कतै हिंसा राेकिहाल्छ कि
गुलियाे नुनिलो आशु सुकिहाल्छन् 
पसिना रगतमा बेचिएकाे श्रम 
नेताले छरेका भ्रम , 
तपाईं हामीले बुझिहाल्छाैँ कि
सञ्जालमा हाेइन 
,हाम्रै चिया पसलमा अाउनुहाेस् 
बरू चिया मै sponspor गराैँला
अनि बहस गराैँला!!!

Post a Comment

0 Comments