Breaking News

6/recent/ticker-posts

Header Ads Widget

एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

 गल्छी खबर २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् ।


मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए ।


एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ । त्यस्तै हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

Post a Comment

0 Comments