गल्छी खबर जेठ २२ । पृथ्वी हाईवे सँगै जोडिएको अरनिको हाईवेमा पर्ने गल्छी गाउँपालिकामा रहेको वडा नं ७ र ८ जोड्ने महेश खोला माथि रहेको पक्की पुल निर्माण कार्य सम्पन्न भएको १६ महिना भएको र पुल नजिकै रहेको सडक पिच नगरेको भन्दै स्थानीयले सडक बन्द गरेका थिए।
यस सडक बाट दिनहुँ हजारौं सवारीसाधन नुवाकोट, रसुवा आवतजावत गर्ने गर्छन् । दैनिक रुपमा धुलो सहनु र स्वास्थ्यमा समेत असर भएको भन्दै हिजो शनिबार बिहान ८ बजे देखि १० बजे सम्म २ घण्टा अत्यावश्यक सवारी साधन बाहेक पूर्णरूपमा बन्द गरेका थिए।
स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर लम्साललाई दबाब दिएकै कारण आजदेखि पुल नजिकैको सडकको पिच गर्ने कामसुरु गरिएको स्थानीयले बताएका छन् ।
0 Comments