Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पौडेलले गरे आफ्नै युटुव च्यानलबाट नयाँ गीत रिलिज

गल्छी खबर, जेठ ३१।  "सेती माथि पुल" २०५८ सालमा रिलिज भएको यो गीत शायद कमै व्यक्तिको कानमा नपरेको हुन सक्छ। यो गीत कस्ले गाएको भन्ने कुरा पनि शायद बिरलै दर्शक स्रोतालाई मात्रै थाहाँ हुन सक्छ ।


"सेती माथि पुल " यस गीतका गाएक हुन् चोलेन्द्र पौडेल । उनको जन्म कास्की जिल्ला पोखराको भलाम गाउँमा बाबू लेखनाथ पौडेल र आमा हिम कुमारी पौडेलको कान्छो सन्तानको रुपमा जन्म भएको थियो । पौडेलको एक दाजु र दुई दिदी छन्।


यो गितको लिरिक्स पौडेल आफैंले लेखेका हुन् भने भोकल पनि आफैंले दिएका छन् र उनलाई साथ चर्चित गायिका सर्मिला गुरुङले दिएका छन्। पौडेलको यो पहिलो एल्बम हो जसले थुप्रै दर्शक स्रोतका मन जित्न सफल भएको थियो। उनले यो गीत फेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् ।


चोलेन्द्र पौडेल लोक दोहोरी क्षेत्रमा एक हसिला, मिलनसार, फुर्तिलो र जोसिलो गायकका रुपमा चिनिने गर्छन्। उनी एक प्रकृति प्रेमी पनि हुन् । पौडेल प्राकृतिक सुन्दर दृश्य हेर्न र अबलोकन गर्न एकदमै रुचि राख्ने गर्छन्। उनका प्रायःजसो गीतहरु समय सान्दर्भिक र समाजमा घटेका घटनामा आधारित हुने गर्छन् ।


पौडेलले लोक दोहोरी विधामा दर्जनौं सफल गीत प्रस्तुति दिदै आएका छन् जसमध्ये भर्खरै रिलिज गरेका आँगनिको डिल, पछ्यौरीको छेउ, पानी मुनि मुनि, जाम झोला बोकेर, चढ्यो चढ्यो जवानी, काली मन पर्छ जस्ता चर्चित गित पर्दछ। उनले रातो सारीले, काँकरी जस्ता थुप्रै तिजका भाकामा पनि आवाज दिएका छन् । उनले भजन देखि चुनावी गीत समेत लेखेका छन् । नेपाली काङ्ग्रेसको चुनावी गीत जय नेपालको नाराने भन्ने गीत पौडेलले आफैंले लेखेका हुन् भने म्युजिक र भोकल पनि उनी आफैंले दिएका हुन् ।


पौडेलको आफ्नौ अफिसियल युटुव च्यानल छ जसमा हजारौं subscriber छन् भने ४४ वटा भिडियोमा लाखौं लाईक पनि छ। पौडेलले रचनाकार र परिकल्पनाकार विनोद मोहन आचार्यले लेखेका गीत 'यो लाली जोबन' आफ्नो युटुव च्यानलबाट रिलिज गरेका छन्। यो गीतमा मान्डबि त्रिपाठीले भोकल दिएका छन् भने म्युजिक जय कुमार परियार र म्युजिक एरेन्ज तोजेन्द्र गुरुङले गरेका छन्। त्यसै गरि डाईरेक्सन होम गुरुङले गरेका हुन् भने मोडल स्मृति भुजेल र प्रजोल मोहन आचार्यको यस गीतमा मुख्य अभिनय देख्न सकिन्छ । 


गीत हेर्नको लागि तल लिङ्क किल्क गर्नु होस् ।

https://youtu.be/qcMidt1pOlc




Post a Comment

0 Comments