गल्छी खबर जेठ १९ । गल्छी गाउँपालिकामा आज सम्पन्न कार्यपालिकाको चुनावमा एकीकृत समाजवादी, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले एमालेलाई पराजित गरेको छ ।
६ जना कार्यपालिका सदस्यका लागि आज भएको चुनावमा ४ जना महिला र २ जना पुरुष उम्मेदवारी दिएको थिए र ईन्द्र बहादुर भुजेल, जनकी बि.क, प्रमिला राना, फुलमाया महर्जन र सरिता मगरले १६ मत र यमे सिदर्की नेपालीले १७ मत ल्याएर पराजित भएका छन् । गठबन्धनको तर्फबाट जानुका भुजेल, तुलसी अधिकारी रुख चिन्न बाट २५ मत र दिलमाया तामाङ र भेष कुमारी खनाल हसिया हटैडा चिन्न बाट २५ मत ल्याएर विजयी भएका छन् ।
यस्तै दलित तथा अल्पसंख्याकमा एकीकृत समाजवादीबाट रमेश भुजेलले २५ मत र सृजना घलेले २४ मत ल्याएर विजयी भएका छन् ।
0 Comments