Breaking News

6/recent/ticker-posts

Header Ads Widget

थाक्रेमा अध्यक्षको पक्षमा वहुमत पुर्याउन पैसाको वार्गेनिंङ अडियो सार्वजनिक।

गल्छी खबर जेठ १७ । गाउँपालिका अध्यक्षको पक्षमा वहुमत पुर्याउन गठवन्धनको निर्वाचित महिला सदस्यसंग पैसाको वार्गेनिंङ भएको अडियो वाहिर सार्वजनिक भएको छ । 

 


जेठ २१ गते थाक्रे गाउँ कार्यपालिकाको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन परिणाम अनुसार गाउँ कार्यपालिकामा सत्तारुढ गठबन्धन एक भोटले बहुमतमा छ । हाल ५७ सदस्यीय रहेको गाउँपालिकामा सत्तारुढ गठबन्धनसँग २९ सदस्य छन् भने नेकपा एमालेसँग २८ सदस्य छन् । बाँकी २ जना सदस्य अल्पसङ्ख्यक, दलित र पिछडावर्गबाट खुल्ला सदस्यका रूपमा आउनेछन् र गाउँकार्यपालिकाको गठन हुन्छ । गठबन्धनका एक सदस्यले मात्रै भोट क्रस गरे पनि एमाले कार्यपालिकामा विजयी हुनसक्छ । थाक्रेमा १९ सदस्यीय गाउँ कार्यपालिका रहने व्यवस्था छ । गाउँपालिकामा निर्वाचन अध्यक्ष, उपाध्यक्ष र ११ वडाका अध्यक्षहरू स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् भने महिला सदस्य मध्येबाट ४ जना गाउँ कार्यपालिकामा निर्वाचित हुन्छन् । खुल्ला तर्फबाट  अल्पसङ्ख्यक, दलित र पिछडा वर्गबाट कार्यपालिका सदस्यमा निर्वाचित हुन्छन् । 

https://youtu.be/NoLDowNPfhU

हाल थाक्रेको गाउँपालिका अध्यक्षमा एमालेबाट रामुकुमार आचार्य विजयी छन् भने उपमेयरमा माओवादी केन्द्रको तर्फबाट यन्त्रबहादुर थापा विजयी भएका थिए । त्यसैगरी ५ जना वडाध्यक्ष एमालेबाट र ६ जना वडाध्यक्ष गठबन्धनबाट विजयी भएका छन् । हाल १३ जना कार्यपालिका सदस्य रहेकामा थप ६ जना कार्यपालिका सदस्यका लागि निर्वाचन हुनेछ । 


थाक्रेको गाउँ कार्यपालिकामा बहुमत पुर्‍याउनका लागि एमालेकी जिल्ला नेतृले माओवादी केन्द्रबाट विजयी भएकी वडा सदस्यलाई क्रस भोट गर्न बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । 

Post a Comment

0 Comments