गल्छी खबर चैत्र २६ । नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँपालिका वडा नं ४ को संगठित सदस्यहरुको भेलामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ५ जनाले वडा अध्यक्षका लागि दाबी गरेका छन् ।
दावी गर्नेमा गोकर्ण चालिसे वडा कमिटी संयोजक, सुमन सुवेदी वडा कमिटी सचीव तथा युवा संघ नेपाल गल्छी गाउँ पालिका कमिटी अध्यक्ष, ठाकुर खड्का निर्बचित वडा कमिटी सदस्य, अष्टराम रम्तेल जिल्ला कमिटी सदस्य र दिपक लामा वडा कमिटी सदस्य रहेका छन्।
0 Comments