गल्छी खबर चैत्र २६ । नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँपालिका वडा नं ६ को संगठित सदस्यहरुको भेलामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ६ जनाले वडा अध्यक्षका लागि दाबी गरेका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष राजन श्रेष्ठले पनि वडा अध्यक्षमा दावी गरेका छन् ।
दावी गर्नेमा वडा अध्यक्ष राजन श्रेष्ठ सहित दिलिप श्रेष्ठ, राजेन्द्र रिमाल, हेमन्त भण्डारी, बलराम रिमाल र कृष्णप्रसाद अधिकारी रहेका छन् ।
0 Comments