गल्छी खबर चैत्र २६ । नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँपालिका वडा नं ७ को संगठित सदस्यहरुको भेलामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ७ जनाले वडा अध्यक्षका लागि दाबी गरेका छन् ।
दाबी गर्नेमा नेकपा (एकृकीत समाजवादी) जिल्ला कमिटी सदस्य एवं गल्छी गाउँपालिका ईन्चार्ज रामचन्द्र तामाङ, नमुना बागेश्वरी बहुमुखी क्याम्पसका निर्वाचित स्ववियु सभापति, अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य एवं नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँ कमिटी सह-सचिव सन्दिप घिमिरे, युवा संघ केन्द्रीय सदस्य दिलमान श्रेष्ठ, नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँ कमिटी सदस्य एवं ७ नं वडा कमिटी अध्यक्ष चुडामणि धिताल, नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँ कमिटी सदस्य केशव रिमाल, नेकपा (एकृकीत समाजवादी) गल्छी गाउँ कमिटी सदस्य एवं गल्छी गाउँपालिका वडा नं ७ नेकपा एमालेबाट निर्वाचित वडा सदस्य राजन खड्का र साम्मराज खतिवडा रहेका छन्।
0 Comments