गल्छी खबर, वैशाख ११। धादिङमा सत्ता गठबन्धनको भागबण्डा प्रदेश समितिले टुंगाइ दिएको छ । जिल्ला स्थित शिर्ष नेतृत्वले लगातार १९ दिन देखि साझा उम्मेदवार उठाउने छलफल गर्दै आईरहेका थिए ।
धादिङका दलहरुले सहमतिको अन्तिम विन्दु खोजि रहेका बेला प्रदेश संयन्त्रले जिल्लाको पालिका प्रमुख र उप प्रमुख भागबण्डा गरि दिएको हो ।
थाक्रे गाउँपालिकाको लागि पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रलाई जिम्मा लगाएर टुङ्गो लगाएको हो।
यस्तो छ नगर र गाउँपालीकाको भागबण्डा :
१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओबादी केन्द्र
२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकीकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस
३. खनियाबास गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
४. सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस
८. गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
९. थाक्रे गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष :नेकपा माओबादी केन्द्र
१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
११. त्रिपुरा सुन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१२. नेत्रावती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१३. बेनिघाट गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
जिल्ला समन्वय समिती :
प्रमुख – नेकपा माओवादी केन्द्र
उपप्रमुख – नेकपा (एकीकृत समाजवादी)
0 Comments