गल्छी खबर, बैशाख १०। गल्छी गाउँपालिका सत्तारुढ गठबन्धनले दलको केन्द्रीय निर्देशन बमोजिम गल्छी गाउँपालिकामा पनि भागबन्डा मिलाएको छ।
केही दिनदेखि बसिरहेको बैठकले निर्णय निकाल्न नसकिरहेको बेलामा आज गठबन्धनको केन्द्रले दिएको जानकारी अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गल्छीमा रहेको तिन गठबन्धनका दलहरुबीच भागबन्डा गरि स्थानीय तहलाई पठाएको जानकारी दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई गल्छीगाँउपालिकाको अध्यक्ष सहित वडा नं २ र ६ मा वडाअध्यक्ष दिने, नेपाली कांग्रेसलाई उपाध्यक्ष सहित वडा नं १,४,७ र ८ मा वडाअध्यक्ष दिने र माओवादी केन्द्रलाई वडा नं ३ र ५ वडाअध्यक्ष दिने गरी भागबन्डा गरिएको जानकारी बिशेष स्रोत बाट प्राप्त भएको छ बाँकी रहेका वडा सदस्य भने वडाअध्यक्ष भन्दा बाहेकको पार्टीबाट एक महिला र एक पुरुष रहने गरी भागबन्डा मिलाईएको जानकारी प्राप्त भएको छ।
0 Comments