Breaking News

6/recent/ticker-posts

Header Ads Widget

मेयरमा मेरो उम्मेद्वारी किन? - रीना थापा

पृष्ठभूमि 

२०७९ साल बैशाख ३० गते नेपाल भरका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरू मा स्थानीय निकाय निर्वाचन सम्पन्न हुँदैछ । विगतमाझैं यसपाली पनि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी स्थानीय निकायका विभिन्न पदहरूमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयार गर्दैैछन् ।



यसै सन्दर्भमा काठमाण्डौं जिल्लाको चन्द्रागिरी न.पा.को मेयर पदमा मैले आफ्नो तर्फबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु । विगतमा सम्पन्न स्थानीय निर्वाचनमा पनि विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारीको हैसियतले चन्द्रागिरी न.पा. को मेयर लगायत उपमेयर, वडा अध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिएकोमा मेयर पदमा नेपाली कांग्रेसका घनश्याम गिरीले बिजय हासिल गरेका थिए भने अन्य पदहरू नेपाली कांग्रेस लगायत ने.क.पा. एमालेका उम्मेदवारीहरूले बिजय हासिल गरेका थिए ।




स्थानीय निकायमा निर्वाचन हुनु, बढी मत प्राप्त गर्ने उम्मेदवारले बिजय हासिल गर्नु र कम मत प्राप्त गर्नेले पराजित हुनु स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्वभाविक प्रकृया हो । आगामी बैशाख ३० गते सम्पन्न हुने उक्त स्थानीय निकाय निर्वाचनमा चन्द्रागिरी न.पा. को मेयर पदमा मैले स्वतन्त्र उम्मेदवारको हैसियतले उम्मेदवारी दिने घोषणा गरी सकेको कुरा अधिकांश चन्द्रागिरी न.पा. का मतदाताहरूलाई जानकारी छ ।


मैले आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा कुनै व्यक्ति विशेष वा राजनीतिक दलहरूप्रति आग्रह पूर्वाग्रह वा कुनै आक्षेप लगाई मतदाताहरूसंग मत माग्ने पक्षमा छैन । यस अघि निर्वाचित जनप्रतिनिधिहरूले मतदाताहरूको अपेक्षा अनुरूप आफ्नो पदमा रही के कति योगदान गर्न सके वा सकेनन् । स्वयम मतदाताहरूले नै मूल्याङ्कन गर्ने विषय हो । जहाँसम्म चन्द्रागिरी नगरपालिकामा विगतमा भएको निर्वाचनमा म पनि एक मतदाताको हैसियतले जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दा जनतावाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिहरूले चन्द्रागिरी न.पा. का मतदाताहरूको अपेक्षा अनुरूप कुनैपनि कार्य गर्न नसकेको कुरा मतदाता सामु छर्लङ छ ।

उनीहरूले केवल आफ्नो दलिय स्वार्थ, नाता गोता, कार्यकर्ता, आसेपासेहरूका निमित्त मात्र स्वार्थसिद्धीमा लिप्त भएको कुरा मैले यस लेख मार्फत जानकारी गराई राख्नु पर्ने आवश्यक ठान्दीन किनकी सचेत मतदाताहरू आफै विज्ञ हुनुहुन्छ । निर्वाचन अघि मतदाताहरू सामु गरिएका प्रतिवद्धता र निर्वाचन पछि जनप्रतिनिधिहरूले जनताप्रति देखाएको रूस्ट व्यवहार आफैमा प्रष्ट छ । यो सवै प्रणालीको दोष होईन । हो भने केवल व्यक्तिगत क्षमता, कार्यकुशलताको अभाव र निजहरूले जनताको सेवा भन्दा आफ्नो पदलाई व्यवसायिक पदको रूपमा रूपान्तर गर्नु नै प्रमुख कारक हो भन्ने कुरा छर्लङ छ ।

आगामी बैशाख ३० गतेको निर्वाचन पछिको सन्दर्भ

चन्द्रागिरी नगरपालिका राजधानी प्रवेशको प्रमुख नाकामध्येको एक हो । यो नगरपालिका काठमाण्डौं उपत्यकाको अन्य नगरपालिकाको तुलनामा धार्मिक, सांस्कृतिक, पर्यटकीय र आर्थिक रूपले सम्पन्न हुँदा हुँदै यस नगरपालिका भित्र निर्वाचित जनप्रतिनिधिहरूको अदुरदर्शिता र कार्य क्षमताको अभावमा यस नगरपालिका भित्र रहेका प्रचुर स्रोत साधनलाई उचित परिचालन गर्न नसक्दा चन्द्रागिरी नगरपालिकाका जनताले विकासको अनुभूति हालसम्म गर्न नै पाएन ।

तर २०७९ साल वैशाख ३० गतेको निर्वाचन पछि यस नगरपालिका क्षेत्र भित्रका जनताले अभाव, असुविधा लगायत नगरपालिकाको विकासमा अवरोध आएको महशुस गर्नु पर्ने छैन । किनकी उक्त निर्वाचनमा मैले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेको र चन्द्रागिरी नगरपालिकाको आम मतदाताले निर्वाचन आयोगद्वारा मलाई प्रदान गर्ने निर्वाचन चिन्हमा मतदान गरी मेयर पदमा अत्यधिक बहुमतले बिजय वनाउनु हुने नै छ भन्ने अपेक्षा लिएकी छु । तत्पश्चात चन्द्रागिरी नगरपालिकाका बासिन्दाहरूले उल्लेखित समस्याहरू भोग्नु पर्ने छैन भन्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

म एक सिर्जनसिल नारी मात्र होइन । म भित्र चन्द्रागिरी नगरपालिका भित्र रहेका प्रत्येक वडाको समस्यासंग परिचित छु । सवै वडाका समस्याहरूलाई सरल तरिकावाट समाधान गर्ने इच्छा मात्र होईन । विज्ञ तथा प्राविधिक समुहहरूको सल्लाह सुझाव लिई प्रविधियुक्त नमुना नगरपालिकाको रूपमा विकास गर्ने क्षमता समेत म राख्दछु । अहिले निर्वाचन अघि मैले गरेका प्रतिवद्धताहरू प्रत्येक मतदाताले मेरो प्रतिवद्धता–पत्र लिई नगरपालिका कार्यालयमा समाधान खोज्नु सक्नु हुने छ । निरन्तर र विस्तृत रूपमा र निर्वाचन अवधिमा यहाँहरूको घरदैलो र सामुहिक कार्यक्रममा मेरा आफ्ना विस्तारित कार्ययोजना प्रस्तुत गर्ने नै छु।

(लेखक मेयर नगरप्रमुख पदका आकांक्षि उम्मेदवार चन्द्रागिरी नगरपालिका, काठमाण्डौं) 

Post a Comment

0 Comments