गल्छी खबर, वैशाख १। गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छी बजारमा दिपक सापकोटाको घरमा विद्युत सट भई आगजनी हुँदा पाथीभरा ईन्टरप्राईजेजको गोदाममा खाद्यान्न नष्ट भएको छ।
गल्छी प्रहरीका अनुसार बिहान करिब ११ बजे लागेको आगोले १५ बोरा चामल, १० बोरा आटा, ६ बोरा दालमोठ, ३ बोरा मैदा, ३ बोरा चिउरा, २ बोरा मकै पूर्ण रुपमा क्षति भएको छ।
0 Comments