गल्छि खबर, चैत्र ४ । नेकपा (एकीकृत समाजवादी) गल्छि गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनबाट रमेश खतिवडाको नेतृत्वमा गाउँ कमिटी गठन भएको छ ।
नवनिर्वाचित खतिवडाले आफ्नो नेतृत्वले निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति व्यक्तिवादी अहङ्कारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गरेर समाजका सबै क्रान्तिकारी पङ्क्तिलाई नयाँ ढङ्गले पुनर्गठित गरेर नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकास गर्दै समाजको आमूल परिवर्तनको निम्ति काम गर्ने बताउनु भयो।
कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकास गर्ने कार्यमा यस पार्टीले लिएको पहलकदमीले आम नेपाली जनतामा नयाँ आशा, विश्वास र उर्जा सिर्जना गरेको बताए।
यहि फाल्गुण २८ गते पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा उद्घाटन गरिएको गल्छी गाउँ कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष रमेश खतिवडा सगैं आजको बन्दशत्रबाट, उपाध्यक्षमा दिलिप श्रेष्ठ र सिर्जना घले , सचिवमा राजेन्द्र रिमाल, उपसचिव सन्दिप घिमिरे, गोविन्द तामाङ र सहदेव तामाङ सहित ५१ जनाको कमिटी गठन भएको छ।
त्यसै गरि युवा संघमा अध्यक्ष सुमन सुवेदी उपाध्यक्ष अर्जुन श्रेष्ठ , सचिव सन्तोष अधिकारी र कोषाध्यक्ष समिर अर्याल चुनिएका छन् भने अन्य जनवर्गीय सगंठनहरुको पनि गठन गरिएको छ।
0 Comments