Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छी गाउँपालिका वडा नं ७ को प्रशासनिक भवन समुद्घाटन



गल्छी गाउँपालिका वडा नं ७ को प्रशासनिक भवन माननीय भुमि त्रिपाठी बाट भव्य कार्यक्रमका साथ समुद्घाटन भएको छ।



सुन्दरादेवी निर्माण कम्पनीले ठेक्का पारेको उक्त प्रशासनिक भवन गत भदौमा शिलान्यास गरिएको थियोे ।


वडा नं ७ का वडा अध्यक्ष हरि खतिवडाको सभापतित्वमा सम्पन्न ७ नं वडा कार्यलयको प्रशासनिक भवन समुद्घाटन समारोह प्रमुख अतिथि धादिङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य माननीय भुमि त्रिपाठी द्वारा उद्घाटन गरिएको हो।


वडा कार्यालय निर्माण गर्न जग्गा दान गर्नुहुने कृष्णप्रसाद खतिवडा र ज्ञानु खतिवडालाई सम्मान गरिएको थियो । गल्छी गाउँपलिकाको प्रशासनिक भवन निर्माण हुन नसकेको पनि हाल सम्म गल्छी गाउँपालिका वडा नं ३ को प्रशासनिक भवन उद्घाटन भईसकेको छ र वडा नं ४ र वडा नं ६ बाहेक अन्य वडाको भने भवन निर्माणधिन अवस्थामा छ।

कार्यक्रममा प्रमुख अतिथि माननीय भूमि त्रिपाठी , विशेष अतिथि जगन्नाथ नेपाल , विशेष अतिथि गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ, अतिथि गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिना लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो। 


Post a Comment

0 Comments