गल्छी खबर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पेश भएपछि आफ्नो बचाउ गरेका छन्।
उनले सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै एमसीसी संसदमा लैजानुअघि नै माओवादी केन्द्रले विपक्षमा उभिने निर्णय गरिसकेको जिकिर गरेका छन्।
दाहालले एमसीसी संसदमा टेबुल गर्नु हुन्न भनेर सडकमा उत्रिएकाहरुमाथि प्रहरी दमन भएको भन्दै आपत्ति प्रकट गरेका छन्।
आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाएका छन् ।
0 Comments