Breaking News

6/recent/ticker-posts

Header Ads Widget

"राप्रपा परित्याग गरेको घोषणा:- कमल थापा"

 


  

गल्छी खबर । राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ ।मंसिरको तेस्रो साता भएको महाधिवेशनमा पराजित भएसँगै असन्तुष्ट रहेका थापाले मंगलबार गृहनगर हेटौंडामा राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । 

‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सोमबार नै थापाले केन्द्रीय सदस्यहरुको भेला राखेर राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाह तथा निर्मल निवासबाट भएको हस्तक्षेपको विषयमा अनुसन्धान हुनुपर्नेसहितका आफ्नो माग पूरा नभए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका थिए ।

मंसिरमा भएको महाधिवेशनमा पूर्वराजा शाह र निर्मल निवासले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै आएका छन् ।

राप्रपा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको भन्दै राप्रपाले यस घटनाबाट दुविधामा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ ।


Post a Comment

0 Comments