गल्छी खबर ।धनुषाका वडा अध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा एकजना नाबालक पक्राउ परेका छन् ।
विदेह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिनोद गोइतमानले चढ्ने प्रदेश २–०२-००१ब-००३१ नम्बरको सरकारी मोटरसाइकल १ फागुनको राति उनको घरबाटै चोरी भएको थियो ।शहीदनगर नगरपालिका-३ यदुकोहास्थित भट्टी चोकबाट चोरी भएको उक्त मोटरसाइकलसहित सिरहाको मिर्चेया नगरपालिका-५ बस्ने एकजना नाबालकलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवम डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
ती नाबालकलाई इलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा राखी चोरी सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छन् ।
0 Comments