Breaking News

6/recent/ticker-posts

Header Ads Widget

" गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यतादिने !!"

 


            गल्छी खबर ।    गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन ।

गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख गरेको थियो । मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ । त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ ।

गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले गाँजालाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग परामर्शसँगै मापदण्ड निर्माणको तयारी पनि गरेको छ । उक्त शाखाका प्रमुख, उपसचिव गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले यसका सम्भावना र त्यसले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि नेपालले कार्यविधि तयारीको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले ऐनमा अनुसन्धान तथा अध्ययनको प्रावधान भए पनि कार्यविधि नबन्दा स्वीकृति दिन नमिलेको बताउनुभयो । नेपालले भन्नुभयो, “गृहसहित सम्बन्धित मन्त्रालयसँग छलफल गरेर गाँजाको प्रयोग कसरी गर्ने भन्नेबारे कार्यविधि तयार हुन्छ ।” उहाँले निर्देशिका पनि तयार हुने क्रममा रहेको जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान विभागले गाँजाले अर्थतन्त्र र राजस्वमा दिनसक्ने योगदान र वनस्पति विभागले बहुउपयोगी प्रयोगबारे गृह मन्त्रालयसँग प्रस्ताव प्रस्तुत गरेका थिए । तिनै आधारमा गृहले नियन्त्रित रूपमा यसको प्रयोग गर्न सकिने गरी कार्यविधि बनाउने भएको हो ।

उपत्यकाबाहिरका सल्यान, रुकुम, मकवानपुर, धादिङ, नुवाकोटलगायतका जिल्लाबाट समेत यसको अनुसन्धान गर्न पाउनुपर्ने माग आएको लागूऔषध नियन्त्रण शाखा प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
२०२८ सालअघिसम्म नेपालमा गाँजाको उत्पादन र प्रयोग लाइसेन्समार्फत खुला गरिएको थियो ।


गाँजाको प जाकारी !!!

नेपाली नाम: गाँजा
वैज्ञानिक नाम: Cannabis sativa
Nick name: अमृत वृक्ष, शिव बुटि।

प्राचिन काल देखि नै गाँजा औषधिको रुपमा प्रयोग हुँदै आएको पाइन्छ। नेपालमै हेर्ने हो भने सिंहदरबार वैद्यखानले बनाउने २० वटा औषधिमा गाँजाको प्रयोग हुन्थ्यो। जस मध्य:
- रातोबरी, कोलेराको (हैजा) लागी रामवाण जस्तै थियो।
-दुग्धबुट्टी, कोलाइटिस(पाचन प्रणाली सम्बन्धी रोग)का लागि प्रयोग हुन्थ्यो।
-लक्ष्मिबिलास रस, कमन कोल्ड(रुघा खोकि)को लागि प्रयोग हुन्थ्यो।
-त्रिभुवन कृति रस, ज्वरोको लागि प्रयोग हुन्थ्यो।
-भोगसुन्दरी, यौन शक्ति बढाउन प्रयोग हुन्थ्यो।
तर गाँजामा लगाइएको प्रतिबन्ध पछि अहिले ती औषधिहरु उत्पादन हुदैनन।
किन नेपालमा गाँजा वैधानिक हुन अत्यन्त जरुरी छ?
नेपालको गाजा बिश्व कै उत्कृष्ट हो,नेपालको गाँजाको भेल्यु वर्षको २० खर्ब भन्दा बढी छ।
वर्षको करिब २ खर्बको गाँजा त पुलिसले नै नस्ट गर्छ।
यदि किसानले गाँजा खेती गर्न पाए भने मुलुकमा जुन गाउँ पहाडबाट सहर तराइ बसाइसराइ गर्ने क्रम छ, यो पनि केही हद सम्म रोकिने छ। विभिन्न तथ्याङ्क अनुरुप विश्वको ६७ मुलुकमा यो पुर्णरुपमा वैधानिक छ तर अहिले बजार मागको १०% पनि पुर्ती हुन सकेको छैन। त्यसैले अहिले कानुनी अड्चन खोली यसको पुर्ण रुपमा खेती गर्न दिनु आवश्यक छ।
गाँजाबाट के के बनाउन सकिन्छ?
-एक सय भन्दा बढी रोगहरुको औषधि,
-सर्बोत्तम गुणस्तरको कागज र कपडा,
-जैविक इन्धन र वायोग्यास( biofuel, biogas)
-निर्माणको लागि हेम्पकृट(hempcrete)
-अन्य: oil, soap, beer, sunscreen, protein powder etc.
गाँजाको प्रयोग विधि:
१. तेलकाे रूपमा: याे सबैभन्दा सुरक्षित र भरपर्दाे तरिका हाे। Cannabis oil less than 10 ml is recommended daily depending on the severity of diseases.
२. धुवा काे रूपमा: सुकेका फुलहरू धुबाकाे रूपमा सेबन गर्न पनि सकिन्छ।
(चेतावनी : कागजमा क्यान्सरका केमिकल हुने हुँदा सालकाे पातमा प्रयाेग गर्नु राम्रो हुन्छ।)
३. गाँजा enriched preparation of lotion, balms हरुले घाउ, जलेको, दुखेकाे, माइग्रेन आदि लाई ठिक गर्छ।
४. खानेकुरामा: सातुमा, दुधमा, चियामा, icecream, chocolate र sandwich मा मिसाएर फुल अथबा पात प्रयाेग गर्न सकिन्छ। यसले कलेजाेलाई स्बस्थ राख्छ।
५. पानीमा बाफ लिएर: गाजाका हरियो पातलाई पानीमा उमालेर यसकाे बाफ लिन सकिन्छ।


Post a Comment

0 Comments