गल्छी खबर, फाल्गुण ६। सेनाको बम डिस्पोजल टोलीले शुक्रबार बिहान गल्छी शंकास्पद वस्तु डिस्पोज गरेको छ ।
गल्छी गाउँपालिका महेशदोभान, मोसटार जाने पूल नजिकै भेटिएको प्रेसर कुकरलाई सेनाको विशेष टोलीले केहीबेरअघि डिस्पोज गरेको प्रहरी कार्यालय बैरेनीले जानकारी दिएको छ ।
'शुक्रबार बिहान करिब चार बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको खबर स्थानीयले दिएपछि बिहान सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो।
घटनाको प्रकृतिबारे थप अनुसन्धान हुने प्रहरी कार्यालय बैरेनीले जानकारी दिएको छ।
0 Comments