Breaking News

6/recent/ticker-posts

Header Ads Widget

(एमसीसी) स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको हामी प्रतिरोध गर्छौं : चीन

 


गल्छी खबर, फाल्गुण ६।  उत्तरी छिमेकी चीनले विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको आरोप लगाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले नेपालमाथि 'धम्की कूटनीति' शुरू गरेको बताएका हुन्। 

पत्रकार सम्मेलनमा एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।

हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले भनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन १६ गतेसम्म कुनै हालतमा एमसीसी पास गर्नैपर्ने अडान लिएपछि नेपालका सत्तारुढ पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ। 

अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्म समय दिएको छ । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर आफ्नो अनुदान सहयोग स्थगित गराएको बुझ्ने चेतावनी दिएका थिए ।

Post a Comment

0 Comments