गल्छी खबर, फाल्गुण १। काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमा स्थानीयले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छन् ।
मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको प्रवक्ता सञ्जेलले बताएका छन् ।
0 Comments