गल्छी खबर, ५ फागुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका बागमती प्रदेश कमिटीले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छन्।
अनेरास्ववियू बागमती कमिटी संयोजक दीपक बुढाथोकीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन पर्यटनमन्त्री योगेशकुमार भट्टराईसहित पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका छन्।
कोभिडको पहिलो लहरको समयमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ओम्नी ग्रुपसँग मिलेर स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार गरेको भन्दै उजुरी हालिएको छन्।
तत्कालीन प्रधानमन्त्री ओलीले झापाको गिरीबन्धु टी-स्टेटको नाममा रहेको जग्गा सट्टापट्टा गर्न पाउनेगरि नीतिगत भ्रष्टाचार गरेको आरोप पनि माधव नेपालनिकट कार्यकर्ताले लगाएका छन्।
उनीहरुले तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्याललविरुद्ध पनि भ्रष्टाचार गरेको आरोपमा कारबाही माग गरेका छन्। तत्कालीन पर्यटनमन्त्री योगेशकुमार भट्टराईमाथि पनि भ्रष्टाचार मुद्दामा छानबिन गर्न माग गरिएको छ। भट्टराईले 'भिजिट नेपाल- २०२०' को प्रचारप्रसारका नाममा करोडौं भ्रष्टाचार गरेको दाबी गरिएको छ।
अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका पत्र :-
0 Comments