Breaking News

6/recent/ticker-posts

Header Ads Widget

५ सय भन्दा बढी निजामती सेवाका उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने

 १६ फागुन, गल्छी खबर। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ५ सय भन्दा बढी निजामती सेवाका उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।



जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।

आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८(२) मा भनिएको छ, ‘मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोग समेत गर्नेछ ।’

अरु स्थानीय तहमा न्याय तथा कानून सेवाका उपसचिवहरु खटाउने तयारी गरेको छ। उनीहरुले समेत नपुगेको ठाउँमा प्रशासन सेवाका उपसचिव खटाउने तयारी छ ।स्थानीय तह निर्वाचन ऐनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिनिधिको रुपमा तोकिएको छ । ऐनमा उनीहरुको काम ‘आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने’ भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत लगायत अरु कर्मचारी नियुक्त गर्छन् ।

निर्वाचन आयोगले करिव ६० दिन काम गर्नेगरी निर्वाचन अधिकृतहरुलाई नियुक्त गर्ने तयारी थालेको छ । आगामी चैत १० गतेदेखि नियुक्त गर्ने र त्यसलगत्तै उनीहरुले काम थाल्ने आयोगको योजना छ ।

१५ चैतबाट जिम्मेवारी सुरु गर्ने उनीहरुले ३० वैशाख २०७८ मा स्थानीय निर्वाचन सकेर जिल्ला समन्वय समितिको निर्वाचन समेत गराई करिव १५ जेठको आसपासमा नियमित काममा फर्कनेछन् ।

Post a Comment

1 Comments

  1. Harrah's Atlantic City - Mapyro
    MapYRO® USA 강릉 출장샵 Real-time driving directions to 광양 출장샵 Harrah's Resort Atlantic City, 제주 출장샵 777 군포 출장샵 Casino Dr, Atlantic City, based 순천 출장마사지 on live traffic updates and road conditions – from

    ReplyDelete