Breaking News

6/recent/ticker-posts

Header Ads Widget

भोलि फागुन १ एमसीसीको विरोधमा देशभर प्रदर्शन

गल्छी खबर, माघ २९। सत्ता गठबन्धनका दल नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।



बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।उक्त दिन दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई निर्देशन समेत दिइएको छ।

सरकारले अब बस्ने संसद बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ तर सत्ता गठबन्धनभित्रै पनि एमसीसीका बारेमा मतान्तर रहेको छ। सत्ता साझेदार एकीकृत समाजवादीले एमसीसीका केही बूँदा आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै विना संशोधन पास गर्न नहुने अडान राखेको छ तर एमसीसी मुख्यालयले हुबहु सम्झौता पास गर्न फागुन १६ को समयसीमा समेत तोकेर ताकेता गरेपछि नेपालका दलहरु आन्दोलित बनेका हुन् ।

Post a Comment

0 Comments