गल्छी खबर, फाल्गुण १२। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् ।
कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको हो। कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्मा सहित नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।
राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।राप्रपा धादिङले निकै रस्साकस्सी बीच गत कार्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुर्व खनाल अध्यक्ष सहित ३१ जना निर्वाचित भएका थिए ।
0 Comments