Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाली कांग्रेसको बाँकी रहेका अधिवेशन फेरि हेरफेर

 


गल्छी खबर, ५ फागुननेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन मिति फेरि हेरफेर गरेको छ। 

केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ। 

यसअघि माघ २८ गते बसेको निर्वाचन समितिको बैठकले ती जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको थियो। 

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीमा जिल्ला अधिवेशन गर्न बाँकी छ। 

निर्वाचन समितिले १६ जिल्ला बाहेकका जिल्लाहरुमा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन पूर्वनिर्धारित मिति फागुन १० गते भित्र नै हुने पनि निर्णय गरेको छ।



Post a Comment

0 Comments