गल्छी खबर । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ । कांग्रेसको निर्वाचन समितिको बैठकले मधेसका सबै ८ जिल्ला र अरू प्रदेशका ८ जिल्लामा १३ गते अधिवेशन गर्ने निर्णय गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
घिमिरेका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।
कांग्रेसको निर्वाचन समितिको सूचना !!
0 Comments