गल्छी खबर । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन धादिङको जिल्ला कमिटी गठन गरिएको छ । धादिङको गल्छी गा.पा बैरेनीमा आयोजना गरेको प्रथम समाजवादी प्रेस जिल्ला भेलामा राजकुमार ढुङ्गानाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा सिर्जना खनाल, सचिवमा विवेक अर्याल , सहसचिवमा भोला (परिवर्तन ) देवकोटा , कोषाध्यक्षमा भरत रेग्मी र सदस्यहरुमा राजेश रम्तेल, किरण पराजुली , दिनेश बुढाथोकी , आकांक्षा अर्याल , कमल तामाङ , सरिता तामाङ र विवेक चेपाङ चयन भएका छन् ।
"समाजवादी प्रेस संगठन समयको मागले जन्माएको व्यवसायिक पत्रकारहरुको साझा संगठन" भएको समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय उपाध्यक्ष एवम् बाग्मती प्रदेशका इन्चार्ज नवराज छत्कुलीले बताए । भेलालाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य सुवास खतिवडाले संचार माध्यम र संचारकर्मीले निष्पक्ष पत्रकारिता गर्नु पर्ने बताए । चुनाव नजिकिदै गरेको अवस्थामा आफ्नो राजनीतिक आस्था र विचार भन्दा पनि व्यवसायिक पत्रकारितामा जोड दिन सबैलाई उनले आग्रह गरेएका छन् ।
त्यस्तै, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले सत्य तथ्यको आधारमा आम नागरिकको समस्या तथा सवालमा निष्पक्ष पत्रकारितामा जोड दिनु पर्ने बताएका छन् ।
0 Comments