गल्छी खबर । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंका प्रदर्शन गरिरहेका उनीहरुलाई पक्राउ गरेर विभिन्न प्रहरी युनिटहरूमा राखेको छ।काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी बताएका छन् ।। पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।
सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले पानीका फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ। सरकारले बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरेपछि सत्ता गठबन्धन र विपक्षी दलका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।
0 Comments