Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न पीडकको घरमा सोमबार दिउँसो स्थानीयले आगजनी गरेका छन्

 मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १ वर्षिया करुणा राईको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न पीडकको घरमा सोमबार दिउँसो स्थानीयले आगजनी गरिदिएका छन्। 


                                                                    Photo Source:- Annupurna Post


घटनालाई लिएर आक्रोसित बनेको २५–३० जनाको समूहले घटनामा संलग्न लेटाङ–८ का ६४ वर्षिय दीपक गिरीको खाली घरमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट फुसको छानो भएको र बाँसको टाटीबेरा लगाएर बनाइएको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरभित्र रहेका केही लत्ताकपडा पनि जलेका छन्।

अन्नपात लगायत अरु धनमाल यसअघि नै निकालेर गिरीका छोराले लगिसकेका कारण घर खाली रहेकाले आगजनीमा ठूलो क्षति भने हुन नपाएको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताएका छन्। गिरी अहिले प्रहरी हिरासतमा छन्। उनी यसअघि सोही घरमा बस्दै आएका थिए। प्रहरीले नियन्त्रणमा लिएर उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ। 

सुकुम्बासी जीवन बिताइरहेका गिरीको पुरानो घरको छेउमै नगरपालिकासँग सहयोग लिएर र आफै रकम संकलन गरेर स्थानीय युवा अभियन्ताले नयाँ घर पनि बनाइदिँदै थिए। घरको पिलर उठाइसकिएको थियो। घरका लागि उपलब्ध गराइएको कर्कटपाता भने नगरपालिकाले यसअघि नै जफत गरिसकेको वडाध्यक्ष पोखरेलले बताएका छन्।

Post a Comment

0 Comments