गल्छी खबर, १५ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिम घोषणा गरेको छ।
टिममा राजु रिजालले पुनरागमन गरेका छन्। यस्तै अनिलकुमार साह, भीम सार्की, पवन सर्राफ र सुसन भारी टिममा फर्किएका छन्। चोटका कारण टिम बाहिर रहेका सोमपाल कामी र करण केसी प्रारम्भिक टिममा छन्।
नेपालको प्रारम्भिक टिममा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की, पवन सर्राफ, सुसन भारी, राजु रिजाल, अनिलकुमार साह परेका छन् भने टिममा रहेका शरद भेषवाकर,जितेन्द्र मुखिया, कुशल मल्ल, लोकेश बम, साहब आलम, प्रदीप ऐरी र अभिनास बोहरा बाहिरिएका छन्।
सिरिजमा नेपालसहित घरेलु टिम युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ। नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।
0 Comments